शिक्षा
शिक्षण पेशाप्रति अरुचि, शिक्षक पाउनै धौ धौ
शिक्षा कुनैपनि देश र समाज विकासको मेरुदण्ड हो । जसरी जग बलियो भएमा घर बलियो बन्छ, त्यसैगरी शिक्षा गुणस्तरीय भएमा मुलुकले दक्ष जनशक्ति उत्पादन गर्न सक्छ । दक्ष जनशक्तिको उत्पादन नै मुलुक विकासको पहिलो खुड्किलो हो । यद्यपि, मुलुकको शैक्षिक गुणस्तर वर्षेनि खस्किँदै गएको छ । सार्वजनिक शिक्षामा पर्याप्त लगानी गर्नबाट सरकार चुक्दा शैक्षिक स्तरमाथि नै प्रश्न उठेको छ । यता, सरकारले शिक्षण पेशालाई अपहेलना गर्दा पछिल्लो समय शिक्षक भेट्टाउनै छाडेका छन् । शिक्षण पेशाप्रति युवाको आकर्षण …