भरत जंगम

निकिताले पनि रविलाई छाड्ने दिन आउँछ

पुस २९ गते आइतबार नर्भिक हस्पिटलबाट डिस्चार्ज भएको छु । सात–आठ लाख रूपैयाँँ खर्च भयो । मुटुका दुइटै भल्भमा स्टेन राखिदिएका छन् डाक्टरले । एउटा भल्भ नाइन्टी फाइभ र अर्को पनि नाइन्टी प्रतिशत ड्यामेज भएको रहेछ । सबैसँग भेट्न लेख्या रैछ र त म बाँचें । मैले साई स्वागत सहकारीबाट ८३ लाख रूपैयाँ लिनुपर्ने थियो । त्यो नै कटाउने शर्तमा छोडिएको हो । अघिल्लो महिना मलाई प्रहरीले किन समाते भनेर निकै बेर घोत्लिएँ । त्यस सहकारीको पुरानो अध्यक्ष भएको नाताले समातिएको रहेछु । मैले खाए…