अञ्जला,ऋषिकेश

लेखा समिति सभापतिकी श्रीमती पनि ‘क्लिनचिट’ लिने तयारीमा

सहकारी संस्थाका सञ्चालक कालोसूचीमा परेको खबर सार्वजनिक भएपछि संघीय संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालाले अदालत गुहारेकी छन् । मोरङको धनपालनाथ गाउँपालिका–४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाको सञ्चालक समिति सदस्य छँदा लिएको बैंकको ऋण नतिरेको भन्दै कालोसूचीमा राखेपछि अञ्जलाले त्यसविरुद्ध उच्च अदालत विराटनगरमा भदौ ३१ गते रिट दर्ता गराएकी हुन् । उमागौरी कृषि सहकारी, आरएडिसी लघुवित्त रुपन्देही र कर्जा सूचना केन्द्…