यस्तो देखियो तस्बिरमा दरबारमार्ग र सुन्धारा

यस्तो देखियो तस्बिरमा दरबारमार्ग र सुन्धारा

संविधान दिवस २०८१ का दिन राजधानीको दरबारमार्गमा आज ‘नेसनल डे कन्सर्ट’ आयोजना गरियो । सर्वसाधारणको बाक्लो उपस्थिति रहेको कन्सर्टमा बेलुकीपख प्रधानमन्त्री केपी शर्मा ओली पनि पुग्नुभएको थियो ।

आजैदेखि सुन्धारास्थित धरहरा पनि सर्वसाधारणको लागि खुला गरिएको छ । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त धरहराको पुनर्निमाण नसकिँदै तीन वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको धरहराको काम पूर्ण रुपले सकिएको छैन । करिब ९० प्रतिशत काम सकिएको अवस्थामा आजदेखि धराहरा खुला गरिएको हो ।

टिप्पणीहरू