ध्यानाकर्षण

सञ्चारमन्त्रीसमक्ष पत्रकारहरुको तलब नबढेको गुनासो

क्रियाशील पत्रकारहरुको साझा मोर्चाले श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्दिका लागि सरकारको ध्यानाकर्षण गराएको छ । पत्रकारको तलब बढाउन मोर्चाले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ्गको ध्यानाकर्षण गराएको हो ।  विगत ६ वर्षदेखि श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्दि नभएको मोर्चाको गुनासो छ । त्यसैगरी, पत्रकारको बक्यौता तलब तथा चाडपर्व भत्ता तत्काल भुक्तानीका लागि सञ्चारगृहलाई निर्देशन दिन मन्त्री गुरुङ्गसमक्ष आग्रह गरिएको छ । मोर्चाले पत्रकार एवं सञ्चारमाध्यममा काम गर्ने …