कुलेखानी ड्याम

कुलेखानी ड्याम भरिनै लाग्यो, सतर्कता अप्नाउन आग्रह

गए रातिदेखिको अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी ड्याम भरिने अवस्थामा पुगेको छ ।   ड्याम भरिने चरणमा पुगेकाले बाँध खोल्नुपर्ने भएको जिल्ला प्रशासन कार्यालय, मकवानपुरले जनाएको छ । कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनाराका बस्तीहरुमा बाढी आउन सक्ने उल्लेख गर्दै प्रशासनले सतर्कता अप्नाउन सूचित गराएको छ ।  ‘इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी ड्याम केही घण्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई समेत म…