बाबुराम कुँवर
रवि र राष्ट्रपतिका सल्लाहकार एउटै
२०८० माघ २४ गते पूर्व नायव महानिरीक्षक छविलाल जोशीको शंखमुलस्थित घरमा प्रहरीले छापा हान्यो । उक्त घर सहकारी ठगी प्रकरणका मुख्य नाइके जिबी राई (गितेन्द्रबाबु) र तत्कालीन गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक तथा ग्यालेक्सी फोर के टेलिभिजनका सिइओ रवि लामिछानेको प्रमुख सम्पर्क कार्यालय जस्तो थियो, जहाँबाट प्रहरीले सहकारीको ४ वटा सर्भर फेला पार्यो । नेचर हर्ब इन्टरनेशनल प्रालि जिबी, छवि र रवि समूहको नेटवर्किङ व्यवसाय गर्ने कम्पनी हो । सर्वोच्चले २०६८ चैत १५ मा नेटवर्क मार्के…