नारायणप्रसाद दाहाल

अध्यक्ष दाहालको विदेश भ्रमणबारे सिंहदरबारमा चर्चा

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अन्तर–व्यवस्थापिका संघ(आईपीयु) को १४९ औँ महासभामा नेपाली प्रतिनिधि मण्डलको सहभागिता उपलब्धिमूलक र सफल रहेको बताउनुभएको छ । स्वीट्जरयाण्डको जेनेभामा आयोजित आईपीयूको महासभामा सहभागिता जनाएर आज स्वदेश फर्कनुभएका उहाँले सिंहदरबारस्थित कार्यकक्षमा पत्रकार सम्मेलन गरी भ्रमण अर्थपूर्ण र सफल भएको दाबी गर्नुभएको हो । सम्मेलनको उच्चस्तरीय सत्रमा आफूले विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग विषयमा आधारित सम्बोधन गरेको अध्यक्ष दाहालले जानका…