नेविसंघ

धादिङ नेविसंघमा चरम गुटबन्दी, जिल्ला सभापतिकै समानान्तर कमिटी

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) धादिङमा चर्को गुटबन्दी देखिएको छ । दुई समूहको लुछाचुँडीबीच पार्टी कार्यालयमा हिजो आयोजित एक कार्यक्रममा दिनेश श्रेष्ठको अध्यक्षतामा समानान्तर कमिटी गठन गरिएको छ । त्यसपछि संघभित्रको गुटबन्दी छरपष्ट भएको हो । संघको केन्द्रीय समितिबाट यसअघि आधिकारिक टिकट ल्याएपछि जिल्लामा विभिन्न गतिविधि गर्दै आएका सुदीप गौलीलाई अध्यक्ष स्वीकार गर्न नसक्ने भन्दै असन्तुष्ट पक्षले समानान्तर कमिटी बनाएका हुन् । हिजो गठित समानान्तर कमिटीका …