गणतन्त्र दिवस भव्य बनाउन कार्यकर्तालाई नेविसंघको निर्देशन

गणतन्त्र दिवस भव्य बनाउन कार्यकर्तालाई नेविसंघको निर्देशन

नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले ‘१६ औं गणतन्त्र दिवस’ भव्यरुपमा मनाउने भएको छ । मुलुकले ऐतिहासिक उपलब्धि हासिल गरेको दिनको सम्झनामा नेविसंघले देशभर कार्यक्रम गरि गणतन्त्र दिवस मनाउन लागेको हो । 

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले ७७ वटै जिल्ला समितिलाई परिपत्र गर्दै क्याम्पस समितिहरुसँग समन्वय गरेर गणतन्त्र दिवसको विशेष कार्यक्रमको आयोजना गर्न निर्देशन दिएका छन् । उपत्यकाको हकमा विश्वविद्यालय समिति, क्याम्पस इकाई र स्ववियुसँग समन्वय गरेर प्रभावकारी कार्यक्रम आयोजना गर्न भनिएको छ । 

गणतन्त्र दिवसको अवसरमा अन्तरविद्यालय र अन्तरकलेज क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्न परिपत्रमा निर्देश गरिएको छ । साथै, संघीय लोकतान्त्रिक गणतन्त्रसँग सम्बन्धित विषयक वादविवाद तथा वक्तृत्वकला कार्यक्रम गर्न पनि नेविसंघले तल्ला कमिटीहरुलाई निर्देशन दिएको छ ।

टिप्पणीहरू