ओलीको दाबी : मुलुक चलाउने कांग्रेस र एमाले
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारलाई ‘सूर्यग्रहण’ को संज्ञा दिएका छन् । आज काठमाडौँमा आयोजित ‘सम्पादकहरूसँग संवाद’ कार्यक्रममा बोल्दै उनले सूर्यग्रहण चाँडै हट्ने दावीसमेत गरे ।
फागुन २१ गते तोकिएको चुनावअघि नै संसद पुनःस्थापना हुने ओलीको जिकिर छ । ‘हैसियत नै नभएको व्यक्तिको सिफारिसमा जुन बाटोबाट संसद विघटन गरियो, त्यही बाटोबाट पुनःस्थापना पनि गर्न सकिन्छ, त्यो बाटो नभए सर्वोच्चबाट गर्न सकिन्छ, त्यो …