अर्का अध्यक्षको पनि नागरिकता ‘शंकास्पद’
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको नागरिकता पनि विवादमा तानिएको छ । रवि लामिछानेझैँ हमालमाथि पनि विदेशी नागरिकता छाडेपछि प्रक्रिया पूरा नगरी पुरानै नेपाली नागरिकता प्रयोग गरेको आरोप लागेको छ ।
उनी लामो समयसम्म थाइल्याण्डमा त्यहाँको स्थायी आवासीय सुविधा उपभोग गरेर बसेका व्यापारी हुन् । अघिल्लो वर्ष भीष्मराज ढुंगानामाथि गम्भीर आरोप लागेपछि रिक्त पदमा विभिन्न शक्तिकेन्द्र र व्यापारिक घरानियाँ तथा बिचौलिया दीपक भट्टको सिफारिसमा अर्थमन्त्री जनार्दन शर्माले हमालको नियुक्…