चीन जाने कम्युनिष्टहरुको अर्को टोली तयार
पछिल्लो समय चीनले नेपाली कम्युनिष्ट नेताहरुलाई बोलाउने क्रम बाक्लिरहँदा कतिपय नेता उमेरका कारण खुट्टा रोकिएका छन् ।
अहिले हरेक राजनीतिक दलभित्र उत्तर जाने नेता–कार्यकर्ताको सूची तयारी र काँटछाँटको चर्चा सुनिन्छ । खासगरी एमाले–माओवादी गठबन्धन बनेपछि चीननिकट मानिने सरकारसम्बद्ध राजनीतिक दलका नेताको ओहोरदोहोर बाक्लिएको हो ।
यसैक्रममा माओवादीबाट महासचिव देव गुरुङको नेतृत्वमा ३० जनाको टोली भर्खरै चीन घुमेर आयो । एमालेका उपमहासचिव विष्णु रिमालको ने…