बजेट

आगामी बजेट : शिक्षालाई धेरै, महिलालाई कम

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि साढे १८ खर्बको बजेट सार्वजनिक गर्नुभएको छ । संघीय संसदको संयुक्त बैठकमा उहाँले आगामी वर्षका लागि १८ खर्ब, ६० अर्ब, ३० करोडको बजेट पढेर सुनाउनुभएको हो । चालु आर्थिक वर्षका लागि तत्कालीन अर्थमन्त्री डा.प्रकाशशरण महतले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट सार्वजनिक गर्नुभएको थियो । अघिल्लो वर्षको तुलनामा आगामी वर्षको बजेट ६ दशमलब २ प्रतिशतले बढेको छ । जसमध्ये चालुखर्चतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरिएको छ…