पूर्व पर्यटन मन्त्रीलाई नेपाल वायुसेवाको जवाफ
नेपाल वायुसेवा निगमले कर्मचारी संख्या र ग्राउण्ड ह्याण्डलिङ्ग सम्बन्धमा संसदमा उठेको विषयवारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा एमालेका सचिव एवम् सांसद योगेशकुमार भट्टराईले थला पर्न लागेको निगममा थप कर्मचारी भर्ना गर्नु नेपाल आमाको रगत खाएजस्तै हुने टिप्पणी गरेपछि निगमले आज आफ्नो धारणा सार्वजनिक गरेको हो ।
भट्टराईले निगमलाई कति कर्मचारी आवश्यक भन्ने विषय मूल्याङ्कन गर्न आवश्यक रहेको उल्लेख गर्दै तीन हजार कर्मचारी भर्ना गरेर चार वटा जहाज सञ्चालन ग…