न्यारोबडीमा चरा ठोक्किएपछि डेढ सय यात्रु वाइड बडीमा सवार

न्यारोबडीमा चरा ठोक्किएपछि डेढ सय यात्रु वाइड बडीमा सवार

काठमाडौंबाट भारतको बैंगलोर उडेको नेपाल वायुसेवा निगमको न्यारोबडीमा चरा ठोक्किएपछि वाइडबडी विमानलाई त्यसतर्फ पठाइएको छ । दिउँसो पौने २ बजे उडेको विमान सर्लाहीको आकाशमा पुग्दा चरा ठोक्किएको थियो ।

लगत्तै त्यहाँबाट फर्काइएको विमान दिउँसो सवा २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । उक्त न्यारोबडी विमान ए ३२० को दायाँ इञ्जिनमा सामान्य समस्या देखिएपछि जापानको नारिताबाट दिउँसो साढे ३ बजे काठमाडौं आइपुगेको वाइडबडी विमान ए ३३० लाई डेढ सय यात्रुसहित साँझ साढे ६ बजे बैंगलौर उडाइएको छ ।

 

 

टिप्पणीहरू