रवि लामिछाने
प्रधानमन्त्रीलाई रविको पेलान : ‘मलाई गृह नदिए अप्ठ्यारो पर्छ’
हिजो दिउँसो प्रक्रिया पुर्याएर नेपालको नागरिकता लिएपछि रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय बसुन्धरा पुगी कागजी प्रक्रिया मिलाउन लगातार तीन वटा बैठक राखे । असोजमा दल दर्ता गर्दाको बिधान (धारा ४०) बिपरित आधी घण्टामै पार्टीको साधारण सदस्यता लिँदै,केन्द्रीय सदस्य र सभापतिमा नियुक्त भएर आफ्नै अध्यक्षतामा बसेको बैठकबाट गृह मन्त्रालय ‘बटम लाइन’ भन्ने निर्णय लेखाए । त्यसपछि साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगे । त्यसअघि झण्डै साढे २ घ…