सूर्यदर्शनको प्रतिवेदन छानबिनमा प्रहरीको आलटाल
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रतिवेदन गुपचुप पारिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारीको वित्तीय स्थितिको विश्लेषणात्मक प्रतिवेदनमाथि छानबिन गर्न आलटाल गरेपछि ‘दालमा केही कालो’ भएको अनुमान लगाइएको छ ।
पोखरा महानगरपालिकाले प्रतिवेदन बुझाएको एक महिना हुन लागिसक्दा पनि प्रहरीले कारबाहीको प्रक्रिया अगाडि बढाएको छैन् । महानगरले गत वैशाख २७ गते तीन हजार ४१९ पृष्ठ लामो प्रतिवे…