राष्ट्रपति छानिएपछि राजनीतिले स्थिरताको कोर्स समात्ने दाबी
पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति निर्वाचनपछि राष्ट्रिय राजनीतिले नयाँ कोर्स लिने बताएकी छन् । अहिले देखिएको राजनीतिक अस्थिरता भोलिको चुनावपछि स्थितरतातर्फ जाने उनको दाबी छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको १३३ औं अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ झाँक्रीले नयाँ राष्ट्र प्रमुखलाई स्वागत गर्दैगर्दा राजनीतिमा स्थायित्व प्राप्त हुने बताएकी हुन् । ‘राष्ट्रपतिको निर्वाचन पछाडि नेपाली राजनीत…