राष्ट्रपति र उपराष्ट्रपति मन्दिर दर्शनमा व्यस्त
राष्ट्रपति रामचन्द्र पौडेलले गोरखकाली मन्दिरमा पूजापाठ गर्नुभएको छ । उहाँ आज बिहान सेनाको हेलिकोप्टरमा गोरखा पुगेर गोरखकाली मन्दिरको पूजापाठ गर्नुभएको हो ।
आजै बिहान उपराष्ट्रपति रामसहायप्रसाद यादव पनि गृहजिल्ला बारा पुग्नुभएको छ । उहाँ नियमित उडानमा काठमाडौंबाट सिमरा जानुभएको बताइएको छ । उहाँको उडान काठमाडौं विमानस्थलमा आधा घण्टा ढिलो भएको थियो । गृह जिल्ला पुगेपछि उहाँको भव्य स्वागत गरिएको खबर छ । राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादव नयाँ जिम्मेवारीमा पुगेपछ…