घाइते डिकीमा, प्रहरी अगाडिको सिटमा, पीडित परिवार न्यायको खोजीमा
जनताको सुरक्षा गर्ने जिम्मेवारी पाएको प्रहरीले अमानवीय व्यवहार देखाएको भन्दै एक मृतकका परिवार न्यायको खोजीमा राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन्।
गत असार २२ गते राति करिब ८ बजे ३५ वर्षीय अरुणकुमार थापा भक्तपुरबाट काठमाडौं आउँदै गर्दा मनोहरा पुलमा भएको सडक दुर्घटनामा गम्भीर घाइते भएका थिए। तर, घटनास्थलमा पुगेका प्रहरीले उनलाई इनड्राइभ ट्याक्सीको डिकीमा राखेर अस्पताल पुर्याएको आरोप परिवारले लगाएको छ।
डिकीमा राखेर अस्पताल लानु अमानवीय व्यवहार भएको भन्दै पीडित परिवा…