पत्रकार कुटिएको घटनाप्रति मानव अधिकार आयोग गम्भिर

पत्रकार कुटिएको घटनाप्रति मानव अधिकार आयोग गम्भिर

राष्ट्रिय मानव अधिकार आयोगले सप्तरीको राजविराजमा पत्रकार कुटिएको घटनाप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

आयोगले आज विज्ञप्ति जारी गर्दै सप्तरीका मानव अधिकारकर्मी तथा पत्रकार मनोहर पोखरेलमाथि प्रहरीले गरेको कुटपिट तथा दुव्र्यवहारको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको हो । उक्त घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, दोषीलाई कानूनी कारबाही गर्न र मानव अधिकारीकर्मी तथा पत्रकारको सुरक्षामा ध्यान दिन पनि आयोगले भनेको छ । 

गत साउन १५ गते जिल्ला प्रहरी कार्यालय परिसरमा काम विशेषले जाँदा पोखरेलमाथि कार्यालयभित्र प्रहरीले कुटपिट तथा दुव्र्यवहार गरेको थियो । उक्त घटनालाई लिएर स्थानीय पत्रकार तथा अन्य सामाजिक संघसंस्था समेतले निरन्तर विरोध प्रदर्शन गरिरहेका छन् । 

आयोगको मधेश प्रदेश कार्यालयले हाल सो घटनाको अनुसन्धानसमेत गरिरहेको छ । आयोगले सेवाग्राहीले आफ्ना सेवाहरु लिने क्रममा संयमित भई मर्यादित व्यवहार गर्न अनुरोध पनि गरेको छ ।

टिप्पणीहरू