पूर्वअर्थमन्त्रीलाई कारबाही गर्न किसानको माग, मसाल जुलुसको तयारी

पूर्वअर्थमन्त्रीलाई कारबाही गर्न किसानको माग, मसाल जुलुसको तयारी

रासायनिक मलको अभाव, पेट्रोलियम पदार्थमा भएको चर्को मूल्यवृद्धि र बढ्दो महँगीविरुद्ध आन्दोलन गर्दै आएको एमाले भ्रातृ संगठन अखिल नेपाल किसान महासंघले नयाँ माग अघि सारेको छ । उसले पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग राख्दै मसाल जुलुसको आयोजना गर्ने जनाएको छ ।

बढ्दो महँगी नियन्त्रण गर्न सरकार असफल भएको र पूर्वअर्थमन्त्री शर्माले राजीनामा दिएर मात्रै समस्या समाधान नहुने भन्दै कानुनी कारबाहीको माग गरेको हो ।

एमालेले सदन र सडक दुवैबाट सरकार र निवर्तमान अर्थमन्त्री शर्माको विरोध गर्दै आएको छ । सोही क्रममा किसान महासंघले भोलि साँझ नयाँ बानेश्वरमा मसाल जुलुस निकाल्ने घोषणा गरेको छ ।

टिप्पणीहरू