अश्लिल धन्दा चलाउने समूह समातियो

अश्लिल धन्दा चलाउने समूह समातियो

-ऋषि भट्टराई

रूपन्देहीको तिलोत्तमा नगरपालिका -२ स्थित कल सेन्टरमा प्रहरीले छापा मारेर डेढ सय जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका नायव उपरीक्षक ठगबहादुर केसीका अनुसार कल सेन्टरबाट अवैध गतिविधि गरेको आरोपमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुले कल सेन्टरबाट अवैध रूपमा सर्वसाधारणलाई म्यासेज पठाई ‘ट्रयाप’ मा पारेको प्रमाण फेला पारिएपछि प्रहरीले निगरानी बढाएको थियो । उनीहरूमाथि कार्यालय सञ्चालन गरेर सर्वसाधारणलाई ‘ब्ल्याकमेलिङ’ गरेको आरोप पनि लागेको छ ।

स्थानीय जानकीनगरको पूर्वपट्टी चार तल्लाको घरमा तीन वटा फल्याट भाडामा लिएर तीन सय वटा कम्प्युटरबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि नियन्त्रणमा लिइएको हो ।

यसमा भारतीय नागरिकको समेत लगानी रहेको खुल्न आएको छ । उक्त कार्यालयबाट सर्वसाधारणको ह्वाट्स एप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा परेको सूचनामा ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

टिप्पणीहरू