अमेरिकी समर्थनप्राप्त विपक्षी नेताबारे बताउनेलाई एक लाख डलर पुरस्कार
भेनेजुएला सरकारले विपक्षी नेता एडमन्डो गोञ्जालेजबारे जानकारी दिनेलाई एक लाख अमेरिकी डलर पुरस्कारको घोषणा गरेको छ । त्यसबारे जारी सूचना ‘ला गुएरा’ विमानस्थलमा झुण्डाइएको छ ।
गोञ्जालेज स्पेनमा शरण लिएर बसेका छन् । उनले अर्जेन्टिनाको भ्रमण गर्ने बताएपछि भेनेजुएला प्रहरीले उनको फोटोसहित जानकारी दिनेलाई एक लाख अमेरिकी डलरको पुरस्कार घोषणा गरेको हो ।
गत जुलाईमा भएको राष्ट्रपतीय चुनावमा पराजित भएपछि उनी स्पेन पलायन भए । निकोलस मदुरो राष्ट्रपतिमा तेस्रो पटक निर्वाचित भएका हुन् । मदुरोको शपथ ग्रहण समारोह जनवरी १० तारिखमा हुँदै छ ।
गोञ्जालेजलाई समर्थन गर्दै आएको संयुक्त राज्य अमेरिकाले मदुरोलाई मान्यता दिएको छैन ।
टिप्पणीहरू