राजा, समानुपातिक र प्रत्यक्ष प्रधानमन्त्रीले मात्र देशमा स्थिरता ल्याउने लिङदेनको दावी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको सरकार सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाएका छन् । आज नेपाल प्राज्ञिक परिषद्ले गरेको ुवर्तमान अवस्था तथा वैकल्पिक मार्गचित्रको आवश्यक्ताु विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष लिङदेनले अहिले परिस्थिति सामान्य आँखाले देखेजस्तो नरहेको उल्लेख गर्दै देश पूर्णरुपले अभिभावकबिहीन भएको टिप्पणी गरे । उनले नेपाली जनताको चाहना विपरित एमसीसी, एसपीपी सम्झौता गरेर देशलाई कमजोर बनाउने काम भइरहेको भन्दै चिन्ता पनि व्यक्त गरेका छन् ।
‘आज देशको परिस्थिति हाम्रो सामान्य आँखाले देखेजस्तो सामान्य छैन । देश एकप्रकारले पूर्णरुपले अभिभावकविहीन बनेको छ,‘ उनले भने, ‘अहिलेका राजनीतिक दल जनताको जीउधनको रक्षा लिएको सरकार सत्तामा टिक्नको लागि जेपनि गरिरहेको छ ।‘
लिङ्गदेनले अहिले सत्तामा रहेका दल र नेतृत्वहरुबाट देश विकास र सुधार हुन नसक्ने भन्दै राजनीतिक प्रणालीमा नै परिवर्तन जरुरी रहेको उल्लेख गरे । राजा भएमात्र देशले स्थिरता प्राप्त गर्न सक्ने दाबी गर्दै उनले आउँदो प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा यो मुद्दालाई मुख्य विषय बनाएर जनताको बीचमा जाने बताए ।
‘भ्रष्ट निर्वाचन प्रणालीको बदला पूर्ण समानुपातिक सांसद, अभिभावकीय संस्थाको रुपमा राजा, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहेपछि मात्रै देशले स्थिरता प्राप्त गर्नसक्छ,‘ लिङ्ग्देनले भने, ‘यो बाटो नै यो देशको समस्याको समाधानको बाटो हो ।‘
टिप्पणीहरू