प्रहरीका श्रीमतीले पनि छाने नयाँ नेतृत्व
नेपाल प्रहरीले श्रीमती संघको ३८ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न गरेको छ । वार्षिकोत्सव मनाउने क्रममा विद्यालयका विद्यार्थीहरुको स्टल राखिएको थियो ।
यसक्रममा फोहोरलाई मोहोर बनाउने तरिका र गृहिणीले गर्ने कामबारे चेतनामूलक कार्यक्रम पनि सकिएको छ । यसबीच वृक्षारोपण र रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
संघको नेतृत्व प्रहरी महानिरीक्षक फेरिनेबित्तिक्कै स्वतः नयाँ आउने चलन छ । वर्तमान नेतृत्व गत बैशाख १९ गतेदेखि सक्रिय भएको हो ।
अघिल्लो दिन नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंह नियुक्त भएपछि अध्यक्ष पदमा समेत नयाँ नियुक्ति हुने परम्परानुसार महानिरीक्षककी श्रीमती कुसुमलता सिंह अध्यक्ष भएकी हुन् ।
सोही निर्णयानुसार कार्यसमितिको महासचिवमा श्रीमती सुनम पोखरेल उपाध्यायसहित कोषाध्यक्षमा श्रीमती अनुश्री पाख्रिन,सचिव (प्रशासन) मा श्रीमती सन्ध्या जोशी,सचिव कार्यक्रमतर्फ श्रीमती प्रज्ञा सिंहलाई राखिएको छ ।
त्यसैगरी वरिष्ठ सल्लाहकारमा श्रीमती कल्पना गिरी,सह–सचिव (प्रशासन) मा श्रीमती अनिता गुरुङ, सह–सचिव (कार्यक्रम) मा श्रीमती अजिता देवकोटा बास्तोला र सह–कोषाध्यक्षमा श्रीमती दिपा सिंहलाई चयन गरिएको छ ।
सदस्यहरुमा श्रीमती कमला खनाल, श्रीमती अनिता ढकाल अधिकारी, श्रीमती तृप्ता शाह,श्रीमती शर्मिला बोहरा, श्रीमती चेतना चन्द शाही, श्रीमती सीता हमाल बिष्ट, श्रीमती राधा खतिवडा पोखरेल र श्रीमती अरिना राई छन् ।
यता कुलतमा लागेकालाई सुधार्ने केन्द्र आसराको कोषाध्यक्षमा भने धेरैले अपेक्षा गरेको बताइन्छ । उक्त पदमा रहेकाले अमेरिकाको भीसा आवेदन गर्दा सजिलै भीसा पाउने भनिएकाले त्यसो भएको स्रोतले बताएको छ ।
टिप्पणीहरू