मेयर र उपमेयर एकैचोटी विदेश उडेपछि वडाध्यक्षको जिम्मामा नगरपालिका

काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर र उपमेयर वडाध्यक्षलाई कायवाहक बुझाएर एकैचोटी विदेश भ्रमणमा निस्किएका छन् । मेयर मोहनबहादुर बस्नेत र शुशिला अधिकारीसहित नगरपालिकाका अन्य पदाधिकारीहरु जापानतिर लागेपछि १ नम्बर वडाका वडाध्यक्ष रामेश्वर लामाले कार्यवाहक पाएका हुन् ।
मेयर बस्नेतले उनलाई आफ्नो अनुपस्थितिमा कार्यवाहक दिएका हुन् । नागार्जुनसहित अन्य नगरपालिकाका पदाधिकारीहरु फोहोरमैला, ढल व्यवस्थापन र खानेपानी प्रविधिको आधुनिक अध्ययन तथा अवलोकन कार्यक्रमका लागि जापान गएका हुन् ।
नगरपालिकाले सूचना जारी गर्दै हिजोदेखि लागू हुने गरी आगामी भदौ १५ गतेसम्मका लागि वडाध्यक्ष लामाले कार्यवाहकका रुपमा सूम्पर्ण जिम्मेवारी सम्हाल्ने जानकारी गराएको छ । सूचनामा भनिएको छ,‘ यस नागार्जुन नगरपालिका तथा अन्य नगरपालिकाहरुका नगरप्रमुख/उपप्रमुखसहित नगरप्रमुख मोहनबहादुर बस्नेत फोहोरमैला, ढल व्यवस्थापन र खानेपानी प्रशोधनको आधुनिक प्रविधिको अध्ययन तथा अवलोकन कार्यक्रमको सिलसिलामा यही २०७९/०५/०७ गतेदेखि १५ गतेसम्म जापान भ्रमणमा जानुहुने भएकोले फर्केर नआउञ्जेलसम्म कार्यवाहक नगरप्रमुखको जिम्मेवारी वडा नं १ का अध्यक्ष रामेश्वर लामालाई दिइएको छ ।’
आठ दिने भ्रमण सकाएर उनीहरु आँउदो बुधबार नेपाल फर्किने तालिका रहेको छ । साथै, मेयर बस्नेतले आफ्नो अनुपस्थितिमा तोकिएका कामहरु इमानदारितापूर्वक निर्वाह गर्न कार्यवाहक मेयर लामालाई आग्रह गरेका छन् ।
टिप्पणीहरू