अल्फा बिटामा डोजर चलाएर मैले के बिराएँ ?: मेयर बालेन
काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फा बिटा कम्प्लेक्समा बनाइएको अवैध संरचनामा डोजर चलाएको छ । बिहानै अवलोकनमा गएका मेयर बालेन साहलाई सञ्चालकले घरको नक्सा मागेपछि फर्किएका उनी नक्सासहित डोजर लिएर कम्प्लेक्स पुगेका हुन् ।
त्यसलगत्तै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ सञ्चालकले आफ्नो घरको नक्सा मसङ्ग माग्नु भयो । मैले अफिसबाट नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ?” उनले सबै महानगरबासीलाई, ‘‘अब उपरान्त यस्तो गर्न नपरोस्,सबैले आफै बुझेर अवैधानिक रूपमा बनाइएको संरचना हटाइ दिनुहोला । नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइ दिनुहोला ।’ भनी आग्रह समेत गरेका छन् ।
बिहान अल्फा बिटाका प्रतिनिधिले आफूले सञ्चालन गरेको सबै संरचना वैध रहेको बताएका थिए तर मेयर बालेनले महानगर पुगेर उक्त संरचना अवैध रहेको पुष्टि गर्ने कागजातसहित डोजर कुदाएका हुन् ।
टिप्पणीहरू