आजदेखि दशैं सकियो

आजदेखि दशैं सकियो

दुई साता लामो दशैं आज रातिबाट विधिवत रुपमा सकिँदैछ । आज राति महालक्ष्मीको पूजाआराधनासहित जाग्राम बसेपछि दशैंको औपचारिक समापन गरिन्छ ।

सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरेर रातभर जाग्राम बस्ने भएकाले आजको दिनलाई कोजाग्रत पूर्णिमा पनि भनिन्छ ।

आज पूजा कोठाको जमरालाई नजिकैको नदी, तलाउ, पोखरी, तीर्थस्थलमा लगेर बिसर्जन गरिन्छ । नवदुर्गाका तीनवटा रूपमध्येको एक महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गर्ने धार्मिक मान्यता छ ।

टिप्पणीहरू