नागरिकता चोरेर समानुपातिकमा राखेपछि अर्को बवण्डर
नेकपा माओवादी समाजवादीले आफ्नो पार्टीका दुई नेताको नागरिकता दुरुपयोग गरी बहुजन शक्ति पार्टीले समानुपातिक उम्मेदवार बनाएको भन्दै आपत्ति जनाएको छ । पार्टीका स्थायी समिति सदस्य दिपक जंगम र राजनीतिक परिषद सदस्य पासाङ तामाङको नागरिकता जबर्जस्ती लिएर मेघबहादुर खत्रीले निर्वाचनमा यस्तो काम गरेको सो पार्टीको आरोप छ ।पार्टी नेतासमेत रहेका खत्रीले सम्बन्धित व्यक्तिको अनुमति नै नलिई निजी स्वार्थका लागि गोप्य साँठगाँठ गरेको र नागरिकता बहुजन शक्ति पार्टीलाई दिएको, बागमती प्रदेशसभाका लागि समानुपातिकतर्फको उम्मेदवार बनाएको समाजवादी माओवादीका नेता योगेश राल्फालीले दावी गरे ।
खत्रीको कदम व्यक्तिगत स्वतन्त्रताविरोधी हुनुका साथै पार्टी हित प्रतिकूल रहेकाले उनलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निश्कासन गरिएको राल्फालीले जानकारी दिए ।
टिप्पणीहरू