हुण्डी कारोबार,मारवाडीहरुको भरमार

हुण्डी कारोबार,मारवाडीहरुको भरमार

पछिल्लो समय राजधानीमा भारतीय नागरिकको हुण्डी कारोबार बढेको छ । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा पछिल्लो पटक दुई भारतीयसहित तीन जना समातिएका छन् ।

काठमाडौँको व्यस्त व्यापारिक केन्द्र न्यूरोडस्थित विशालबजारमा गैरकानुनी रुपमा हुण्डी कारोबार गरिरहेका उनीहरुलाई उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीले हिजो अनुज सेन्टर र जय दुर्गा ट्रेड इन्टरनेशनलबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भारतीय कमलकान्त कुल्थिया, किशन गोपाल र नक्सालका निर्मलकुमार अग्रवाल छन् । उनीहरुको साथबाट ३१ लाख ८१ हजार ३८५ रुपैयाँसहित विभिन्न व्यक्ति र संस्थाको नाममा जारी भएको चेक बरामद गरिएको छ ।पक्राउ परेका तीनै जनालाई नेपाल राष्ट्र बैंक ऐन,२०५८ बमोजिम आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकू पठाइएको महाशाखाका प्रवक्ता कृष्णप्रसाद कोइरालाले बताए ।

टिप्पणीहरू