नवलपरासी पूर्वमा पनि मदिरा बिक्री र सेवनमा रोक
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी नवलपरासी पूर्वमा मदिरा बिक्री वितरणमा रोक लगाइएको छ । निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गराउन आजबाट मदिरा बिक्री गर्न निषेध गरिएको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार निर्वाचन अवधिभर मदिरा सेवन गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा निर्वाचनलाई स्वच्छ, भयरहित, मर्यादित र व्यवस्थित तवरबाट सम्पन्न गर्न मदिरा बेचबिखनमा कडाइ गरिएको उल्लेख छ ।
‘जिल्लामा आजका मितिबाट निर्वाचन अवधिभर मदिरा बिक्री वितराण र सेवन गर्न निषेध गरिएको छ । साथै यस अवधिमा निषेध गरिएका कार्यहरु भए गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही हुने छ,’ विज्ञप्तिमा भनिएको छ ।
टिप्पणीहरू