काठमाडौं महानगरको कार्यान्वयन नभएको अर्को सूचना
वायु प्रदूषणको जोखिम बढेको भन्दै काठमाडौँ महानगरपालिकाले खुला स्थानमा आगो बाल्न रोक लगाएको छ । महानगरपालिकाले महानगर क्षेत्रभित्र खुला रुपमा आगो नबाल्न आग्रह गर्दै सूचना जारी गरेको छ ।
सूचनामा भनिएको छ, ‘खुला रुपमा आगो बाल्ने तथा फोहोर जलाउने जस्ता गतिविधिले वायु प्रदूषण बढ्ने तथा जनस्वास्थ्यमा पनि प्रतिकुल असर गर्ने हुँदा यस्ता कार्यलाई प्रतिबन्ध लगाइएको छ ।’
महानगर क्षेत्रभित्र कहिँकतै, कसैले खुला रुपमा आगो बालेमा तथा फोहोर जलाएमा महानगरको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार कारबाही गर्ने भनिएको छ । तर, सरकारी निकायदेखि सर्वसाधारणले खुलमखुल्ला फोहोर जलाउने कार्य गर्दै आएका छन् । विगतमा सरकारले विशेषगरी जाडोयाममा फोहोर नजलाउन गरेको अनुरोधलाई महानगरभित्रै कार्यान्वयन भएको थिएन । अहिले पनि सर्वसाधारण र सरकारी निकायको कम्पाउण्डभित्र फोहोरमा आगो लगाएर छाड्ने चलन जताततै देखिन्छ ।
टिप्पणीहरू