निर्वाचन आयोगद्वारा मेयरलाई २५ हजार जरिवाना
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेका मेयरलाई कारवाही गरेको छ । आयोगले बाराको पचरौता नगरपालिकाका प्रमुख जलन्धर सिंह जैसवारलाई २५ हजार जरिवाना गरेको जनाएको छ ।
आयोगले हालसम्म आचारसंहिता उल्लंघन गरेका छ जना उम्मेदवार, जनप्रतिनिधि र कर्मचारीलाई कारवाही गरेको छ । उनीहरुलाई पाँचदेखि २५ हजार रुपियाँसम्म जरिवाना गरेको हो ।
उनीहरुबाट अस्ति शुक्रबारसम्म प्राप्त स्पष्टीकरण सन्तोषजनक नभएकाल प्रचलित कानुनबमोजिम जरिवानासहित कारबाही गरिएको बताइएको छ ।
टिप्पणीहरू