रुघाखोकीका बिरामीले अस्पताल भरिभराउ

रुघाखोकीका बिरामीले अस्पताल भरिभराउ

चिसोका कारण बिरामीको संख्या बढ्दा डडेल्धुराका अस्पताल भरिन थालेका छन् । केही दिनदेखि बढिरहेको चिसो र शीतलहरले अस्तालहरुमा बिरामीको चाप बढेको हो ।

चिसो सुरू भएयता त्यहाँका अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको संख्या बढ्दै गएको हो । एक्कासी चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका छन् । दैनिक दुई सय जना भन्दा बढी बिरामी आउने गरेको डडेल्धुरा अस्पतालले जनाएको छ । डडेल्धुरामा पछिल्लो समय पेट दुख्ने, निमोनिया, रूघाखोकी, बान्ता हुने, ज्वरो, झाडापखालाका बिरामी अत्याधिक आउने गरेको अस्पतालले बताएको छ ।

चिसो बढेपछि चिकित्सकहरुले झोलिलो पदार्थको सेवन गर्न, न्यानो कपडा लगाउन आग्रह गरिरहेका छन् । साथै, बुढाबुढी र बालबालिकालाई विशेष हेरचाह गर्न पनि उनीहरुले भनेका छन् ।

टिप्पणीहरू