जाडोमा कुष्ठरोगीलाई न्यानो कपडा

जाडोमा कुष्ठरोगीलाई न्यानो कपडा

नेपाल पर्वतारोहण संघले कुष्ठरोगीहरुलाई न्यानो कपडा वितरण गरेको छ । दक्षिणकाली नगरपालिका-२ स्थित रहेको खोकना आरोग्याश्रममा पुगेर संघले कुष्ठरोगीहरुलाई ब्ल्याङ्क्वेट र ज्याकेट वितरण गरेको हो ।

संघले जापानमा रहेको द निपुन फाउण्डेशनको आर्थिक सहयोगमा दुई सय थान ब्ल्याङ्क्वेट र ज्याकेट सहयोग गरेको हो । संघले सेनिटाइजर, साबुन, मास्क पनि सहयोग गरेको छ ।

आरोग्याश्रममा रहेका कुष्ठरोग प्रभावितहरुले जाडोमा न्यानोको लागि ब्ल्याङ्क्वेट र ज्याकेट पाएपछि खुशी व्यक्त गरेका थिए । नेपाल पर्वतारोहण संघले विभिन्न समयमा सामाजिक सेवाको काम गर्दै आएको छ ।

टिप्पणीहरू