‘पूर्व गर्लफ्रेण्ड”लाई राजदूत बनाएको भन्दै काङ्ग्रेसबाटै विरोध

‘पूर्व गर्लफ्रेण्ड”लाई राजदूत बनाएको भन्दै काङ्ग्रेसबाटै विरोध

निर्वाचन आयोगले स्थानीय तहको आगामी निर्वाचनका निम्ति आचारसंहिता जारी गर्नु २० घण्टा अगावै सरकारले क्याबिनेट बैठक राखेर बिहीबार एक सय वटाभन्दा बढी नियुक्ति र निर्णय गरेको छ । त्यसमध्ये २० जना राजदूत एकैचोटि तोकिएका हुन् ।

मुलुकको प्रतिनिधित्व गर्नुपर्ने सम्मानित पद पछिल्लो समय बाँदरको हातमा नरिवल भएको छ । आफ्ना नातेदार,आसेपासे र विशेष सम्बन्ध भएकालाई देशको प्रतिनिधि बनाएर बाहिर पठाउनुलाई धेरैले रुचाएको पाइएन ।

राजनीतिक दलका नेताहरु एकले अर्कोलाई दोष लगाए पनि उक्त प्रवृत्तिमा कुनै परिवर्तन आएको छैन । सरकार फेरिँदा पात्र फेरिने तर प्रवृत्ति नफेरिने रोग यसपटक पनि देखिएको छ ।

त्यहि प्रवृत्तितर्फ संकेत गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहनुभएको वर्तमान क्याबिनेटको उक्त निर्णयलाई काँग्रेसकै नेताहरुलै तीखो टिप्पणी गरेका छन् । काठमाडौंका काँग्रेसी नेता लोकेश ढकालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कसैका पूर्व गर्लफ्रेण्ड पनि राजदूत भए ! रमाइलो !’

काँग्रेसका नेताले काँग्रेसकै नेताप्रति लक्षित गरेको उक्त टिप्पणी र व्यंग्य कोप्रति लक्षित होला भनेर सबैले आशंका गरेका छन् । ढकाल निकट एक जना काँग्रेसी नेताले भने, ‘सबै छर्लङ्ग छ,बुझ्नलाई के गाह्रो भयो र ?

टिप्पणीहरू