पेट्रोलको भाउ १ रुपैयाँ घट्यो, डिजेल र मट्टीतेलमा २ रुपैयाँ

पेट्रोलको भाउ १ रुपैयाँ घट्यो,  डिजेल र मट्टीतेलमा २ रुपैयाँ

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आज राति १२ बजेपछि लागु हुनेगरी पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्यमा प्रतिलिटर क्रमशः एक रुपैयाँ र दुई रुपैयाँ घटाइएको छ । 

हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ६ र वाह्यमा प्रतिहजार लिटरमा ४५ डलर घटाइएको छ । खाना पकाउने ग्याँसको मूल्य ४१ रुपैयाँ बढेर आएपनि यथावत राखिएको निगमले जनाएको छ ।

निगमले आगामी दशैलगायतका पर्वको समयमा इन्धन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ ।

टिप्पणीहरू