सुनकोसीमा बेपत्ता गाडी भेटियो, दुई कर्मचारीको शव फेला
गत शुक्रबारदेखि सुनकोसी नदीमा बेपत्ता भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को स्कोर्पियो गाडी आज साँझ फेला परेको छ ।
गोताखोरसहितको प्रहरी टोलीले पाँच दिनपछि दुर्घटनाग्रस्त गाडी र त्यसमा सवार दुई जनाको शव आज फेला पारेको हो । शवको पहिचान भने हुन नसकेको र एकजना अझै बेपत्ता रहेको प्रहरीले बताएको छ ।
काठमाडौंबाट खोटाङ तर्फ जाँदै गरेको सीटीईभीटीको बा १ झ ७४६७ नम्बरको स्कारपियो शुक्रबार मध्यान्ह मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँप…