दुर्घटना

गुडिरहेको बसमा आगो लाग्यो,यात्रु सकुशल

त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका-९ गणेशस्थानमा गुडिरहेको बसमा आगलागी भएको छ ।  धादिङको खाल्टेबाट काठमाडौंको लागि गुडेको ग १ ख ४८४६ नम्बरको यात्रुबसमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिए ।  तेत्तिस जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेको र सिट भने जलेर नष्ट भएको छ । बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।  …

Page 64 of 114