ताप्लेजुङमा एक सातामा तीनको मृत्यु, तीन बेपत्ता
ताप्लेजुङमा पछिल्लो एक सताामा बाढी, पहिरोमा परेर तीन जनाको निधन, तीन बेपत्ता र तीन जना घाइते भएका छन् । जेठ मसान्तदेखि अस्तिसम्म जिल्लामा १३ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सबैभन्दा बढी सिदिङ्वा गाउँपालिकामा क्षति भएको छ । सिदिङ्वा गाउँपालिका ६ मेहेल, ७ नम्बर वडाको सुरुम्खिम र सिरिजङ्गा, खेवाङमा दुई दुई वटा घर क्षतिग्रस्त भएका छन् । सिदिङ्वा ३, आङ्खोपमा ४ घर, सिरिजङ्गा ८ याम्फुदिन र मैवाखोला ३, साँघु तथा वडा न ४ साँघुमा…