हात्ती आतंक बढ्यो, पाँच वर्षमा ७३ जनाको ज्यान गुम्यो
पछिल्ला वर्ष जंगली जनावरहरुको आतंक बढ्दो छ । जीविकोपार्जनको उपाय खोज्दै घर वरपर र नजिकैको वन क्षेत्रमा जाँदा सर्वसाधारण वन्यजन्तुको आक्रमणमा परेर गम्भीर घाइते हुने वा ज्यानै समेत गुमाउने गरेको घटना बढ्न थालेको छ ।
तीमध्ये जंगली हात्तीको आक्रमणमा मानवीय तथा धनमालको क्षति पनि बढ्दै गएको छ । आज झापाको मेचीनगर नगरपालिका १० मा जंगली हात्तीले कुल्चँदा एक जनाको ज्यान गएको छ । पूजाको निम्ति फूल टिप्न हिँडेकी स्थानीय ८० वर्षीया पन्नादेवी साहलाई आज बिहान हात्तीले सडकमा कुल्चे…