आफूखुशी औषधि बेच्नेहरु समातिए
चिकित्सकको सिफारिसबिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित चार जना समातिएका छन् । लागूऔषध दुर्व्यसनमा परेकालाई चिकित्सकको सिफारिसबिना औषधि बेचबिखन गरेको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा गंगाजमुना फार्मेसीका सञ्चालक डिलबहादुर कार्की, राजकुमार तामाङ, सानु तामाङ र सञ्जय पुतुवार हुन् । धादिङका ४२ वर्षीय कार्की काठमाडौँको तारकेश्वर नगरपालिका ५ लोलाङमा फार्मेसी सञ्चालन गर्दै आएका थिए ।
इजाजतबिना नै उनले अवैध रूपमा औषधिहरु बेचबिखन गर्ने गरेको…