अपराध

राजधानीमा १३ वर्षीया बालिका बलात्कृत

काठमाडौंमा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्रेको छ । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–५, पागांलाछी बस्ने मकवानपुर कैलाश गाउँपालिका–१० का २० वर्षीय साजन प्रजा हुन् । उनलाई गएराति प्रहरीले नियन्त्रणमा लिएको हो । किशोरीलाई ललाई फकाई आफ्नै कोठामा लगि प्रजाले जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ । प्रजामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Page 220 of 262