समाचार

खाना खाएर निस्केका वृद्धमाथि खुकुरी प्रहार

रामेछापमा एक जना वृद्धमाथि खुकुरी प्रहार भएको छ । गोकुलगङ्गा गाउँपालिकामा अज्ञात समूहले वृद्धमाथि खुकुरी प्रहार भएको बताइएको छ । गए राति वडा नम्बर ४ को लिसेखानीमा बस्दै आएका समशेरबहादुर मगरमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेर फरार भएका हुन् । उनी खाना खाएर बाहिर निस्केको बेलामा टाउकोमा पछाडिबाट खुकुरी प्रहार गरिएको थियो । घाइते मगरलाई उपचारार्थ अस्पताल लगिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Page 1673 of 2002