बानेश्वरको धर्ना छोडेर मीटरब्याज पीडितहरु अनामनगरमा, तमु समाजको हलमा प्रधानमन्त्री भेट्ने
नयाँ बानेश्वरमा धर्ना दिइरहेका मधेश प्रदेशका मीटरब्याज पीडितहरु प्रधानमन्त्री भेट्न निस्किएका छन् । प्रधानमन्त्रीले बोलाएपछि धर्ना स्थगित गरी उनीहरु केही बेरअघि त्यहाँबाट पैदल निस्किएका हुन् । बानेश्वरबाट बिजुलीबजार पुल हुँदै उनीहरु अहिले अनामनगर पुगेका छन् ।
अनामनगरको भाटभटेनी नजिकै तमु समाजकाे हलमा पीडितहरु रोकिने र प्रधानमन्त्री आइपुगेपछि त्यहिँ छलफल हुने बुझिएको छ । महोत्तरीको बर्दिबासबाट ११ दिनको पैदलयात्रापछि हिजो बिहान काठमाडौँ आइपुगेका मीटरब्याज पीडित…