ट्राफिक प्रहरीको अन्तरक्रियामा मुसुक्क हाँसोको कुरो
जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिराहाले सवारी साधन दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यालयले जिल्लाका पत्रकारहरुसँग अन्तरक्रिया गरेको हो ।
सो क्रममा सञ्चारकर्मीहरुले ड्युटीमा रहेका ट्राफिकले मुस्कानसहितको सेवा दिनुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ, सिराहाका अध्यक्ष मनोज बनैताले स्थानीय तहसँग समन्वय गरेर विशेषतः ग्रामीण भेगमा सचेतनामूलक कार्यक्रम गर्नुपर्ने सुझाव दिएका छन् ।
महासंघका सचिव शिवदयाल यादव र सहसचिव राजेन्द्र महतोले ड्युट…