पर्यटनमन्त्रीले आफूलाई सोह्रश्राद्धको बाहुनसँग तुलना गरेपछि...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूलाई सोह्रश्राद्धको बाहुनसँग तुलना गर्नुभएको छ । राजधानीमा आयोजित एक सांगितिक पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै किरातीले मन्त्री बनेको दुई महिनासम्म ठूलो काम गर्न नसकेको तर सोह्रश्राद्धको बाहुनजस्तै बेफुर्सदी भएको बताउनुभएको हो ।
उहाँले पहिले सांसद र पछि मन्त्री बनेपछि ठूलाठूला काम मात्रै गर्नुपर्ने भएकाले फुर्सद मिल्ने आशा गरेको उल्लेख गर्नुभयो । तर मन्त्री बनिसकेपछि कामको चापले फुर्सद नमिलेपछि सोह्रश्राद्धको बाहु…