मीनाले भारतमा यसरी कसिन् मोर्चा
भारतीय समाचार पोर्टल द मूकनायककी संस्थापक मीना कोटवाल धेरै पढिने अखबार र सामाजिक सञ्जालमा एकछत्र छाइरहेकी छन् ।
अमेरिकी अखबार द न्युयोर्क टाइम्सदेखि संयुक्त अरब इमिरेट्सको खलिज टाइम्ससम्ममा उनैको चर्चा छ । टाइम्सले मीना कोटवालको संघर्षको कथा कभरेज गर्दै उत्पीडित समुदायकी महिला–पत्रकारले कसरी भारतीय समाजमा जातीय पर्खाल तोडेर सफलता हासिल गरिन् भन्ने वर्णन गरेको छ । इण्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसनबाट पत्रकारिता सकेर ‘जनताको आवाज’ बोलिरहेकी उ…